इस्राएलीहरूले कनानमा परमेश्वरको व्यवस्था पालन
गर्न सकून् भनेर परमेश्वरले तिनीहरूलाई उजाड-स्थानमा
शबाथ-दिन जस्ता उहाँका व्यवस्थाहरू पालन गर्न
तालीम दिनुभयो । त्यसै गरी दैनिक जीवनमा स्वर्गको आशा
गर्ने मानिसहरूलाई परमेश्वरले तिनीहरू स्वर्ग प्रवेश गर्नुअघि
प्रेम, विश्वास, आशा र मुक्तिको भाषा रहेको
स्वर्गीय भाषा सिक्ने गराउनुभएको छ ।
स्वर्गीय भाषा बोल्नेहरूले परमेश्वरको आशिष् प्राप्त गरे । यहोशू
र कालेब कनानमा प्रवेश गरे, र दानिएलका तीन साथीहरू
आगोको भट्टीबाट बचाइए । त्यसै गरी वर्तमान समयमा
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार
स्वर्गीय भाषा बोल्ने मानिसहरूले अनन्त स्वर्गमा प्रवेश
गर्न सक्ने परमेश्वरको आशिष् पाउनेछन् ।
किनकि हामी सबै धेरै भूल गर्दछौं । जुन मानिसले आफूले
बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि
लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ । ...
जिब्रो पनि एउटा आगो नै हो । यो शरीरका अङ्गहरूमध्ये
अधर्मको एउटा दुनियाँ नै हो । यसले सारा शरीरलाई दूषित
पार्दछ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ
र नरकको आगोमा त्यो जल्छ !
याकूब ३:२-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति