आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खाएर गरेको पापले गर्दा अदनको बगैँचाको महिमा गुमाएजस्तै, मानवजाति स्वर्गमा पाप गरेकोले सबै महिमा गुमाएर यस पृथ्वीमा धपाइए । मानवजाति आफूले गरेको पापको कारण परमेश्वरबाट टाढिए, तर परमेश्वरले उनीहरूलाई शबाथ-दिन, निस्तार-चाड लगायत तीन चरणका सात वटा चाडहरूद्वारा उहाँलाई आराधना चढाउने अनुमति दिनुभयो ।
परमेश्वरलाई प्रसन्न तुल्याएको हाबिलको बलिदानचाहिँ ख्रीष्टले क्रूसमा आफ्नो रगत बगाउनुभएर मानव-जातिको पाप क्षमा गरिदिनुहुने कुरालाई छायाको रूपमा देखाउने विषय हो । यो कुरा बाइबलद्वारा निश्चित गर्न सकिन्छ । मानवजाति, रगतको बलिदान अर्थात् आराधनाद्वारा पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरका छोरा-छोरीको रूपमा परमेश्वरसँग नजिक भएर परमेश्वरको परिवारको सदस्य बन्न सक्छन् ।
तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ । ... यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ । एफिसी २:१३, १९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति