स्वर्गमा अत्यन्तै महिमित स्थानमा रहेका लुसिफर स्वर्गदूत
र टुरोसका राजाले परमेश्वरलाई भन्दा पनि
आफूलाई अझ उच्च पारेको तिनीहरूको घमण्डका कारण
तिनीहरूले परमेश्वरलाई धोका दिए ।
योजस्तै स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएका
सम्पूर्ण मानव-जातिहरू नरकको दण्डको भागीदार भए ।
तर परमेश्वर स्वयम् प्रत्येक आराधनामा पापबलिको रूपमा
अर्पण हुनुभएर हाम्रो पाप क्षमा गरिदिनुभयो ।
मोशाको समयदेखि लिएर येशूज्यूको समय,
करिब १,५०० वर्षसम्म शबाथ-दिन लगायत अन्य प्रत्येक चाडहरूमा
भाले र पोथी पशुको बलिदानको रगतद्वारा
परमेश्वरले हाम्रा पाप क्षमा गरिदिनुभएको छ ।
यसरी परमेश्वरले पुरानो करारद्वारा हामीलाई
नयाँ कराको वास्तविकता हुनुभएकी
माता परमेश्वरको प्रेम र बलिदान जान्ने गराउनुभएर,
क्रूसमा रगत बगाउनुभएका
ख्रीष्ट आन साङ होङज्यूको बलिदान नै
मानव-जातिप्रतिको उहाँको प्रेम थियो भन्ने कुरा
गवाहीस्वरूप देखाइदिनुभयो ।
“कुनै एक जना शुद्ध मानिसले
त्यस कोरलीको खरानी बटुलेर
छाउनीदेखि बाहिर कुनै शुद्ध ठाउँमा
शुद्धीकरणका पानीको निम्ति
इस्राएली समुदायले त्यो राखिओस् ।
त्यो पाप-शुद्धिको निम्ति हो ।”
[गन्ती १९:९]
“ ‘यदि कुनै एक जना मानिसले
अजानमा पाप गऱ्यो भने,
त्यसले एउटा एक वर्षे
बाख्राकी पाठी चढाओस् ।’ ”
[गन्ती १५:२७]
परमप्रभु यसो भन्नुहुन्छ,
“मैले त्यसलाई त्यागेपछि दिएको
तेरी आमाको त्यागपत्र कहाँ छ ?
अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें ?
तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ,
र तिमीहरूकै अपराधहरूको कारण
तिमीहरूकी आमा त्यागिएकी हो ।
[यशैया ५०:१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति