मोशा दोस्रो पल्ट दश आज्ञाको शिला-पाटी लिन
सीनै पर्वतमाथि उक्लेको दिन पवित्र पात्रोअनुसार
सातौँ महिनाको दशौँ दिनमा पर्ने प्रायश्चितको दिनको
तयारीस्वरूप परमेश्वरले पवित्र पात्रोअनुसार
सातौँ महिनाको पहिलो दिन अर्थात् तुरहीको चाडमा
पश्चात्तापको तुरही फुक्न आज्ञा गर्नुभयो ।
आत्मिक रूपमा, योचाहिँ स्वर्गमा अक्षम्य
पाप गरी यस पृथ्वीमा धपाइएका सबै मानव-जातिलाई
“नयाँ करारद्वारा पश्चात्ताप गरी परमेश्वरतर्फ फर्क” भनेर
अनुरोध गर्ने चाड हो ।
स्वर्गको राज्य नजिक आएको वर्तमान समयमा,
पूर्ण पश्चात्तापद्वारा स्वर्गको प्रतिज्ञा पाएको मानिस हो भने
सारा संसार पश्चात्ताप गरी आन साङ होङज्यू र
माता परमेश्वरकहाँ फर्कन सक्ने गरी, नयाँ करारद्वारा
बचाउनुभएका परमेश्वरको बलिदान र
प्रेमबारे सुनाउँदै तुरही फुक्नुपर्छ ।
“इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको
पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस् ।
त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस् ।”
लेवी २३:२४
उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र
परमेश्वरको राज्य नजिक आइपुगेको छ ।
पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर ।”
मर्कूस १:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति