येशूज्यूले प्रचारद्वारा मानवजातिलाई पापबाट बचाउनुभएर उदाहरण देखाइदिनुभयो । उहाँले हामीलाई नयाँ करारका सेवकहरूको सेवाकार्य सुम्पनुभएर “संसारलाई बचाओ” भन्नुभयो । त्यसैकारण हामीले एसावजस्तै आफूले गर्न चाहेको कार्य मात्र गर्ने होइनकि, याकूबजस्तै आफूले गर्नुपर्ने कार्य गर्ने मानिस बन्नुपर्छ । तब मात्र हामीले परमेश्वरले दिनुहुने आशिष् पाउन सक्छौं ।
आफूले गर्नुपर्ने कार्य गर्ने मानिस र नगर्ने मानिसले प्राप्त गर्ने परिणामको भिन्नता नै स्वर्ग र नरक हो । येशूजस्तै प्रचारको जीवन जिएका प्रेरितहरूसँग पवित्र आत्माको आश्चर्यजनक कार्य सधैँ साथमा रहेजस्तै, आन साङ होङज्यू र माता परमेश्वरको मुक्ति घोषणा गर्नु नै हाम्रो कर्तव्य हो ।
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा । किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ । २ कोरिन्थी ३:६
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ ।” मर्कूस १:३८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति