परमेश्वरले निस्तार-चाडको शक्तिद्वारा मोशा र इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो । इस्राएलीहरूले ३८ वर्षसम्म नमानेको निस्तार-चाड कनानको भूमिमा प्रवेश गर्नुभन्दा ठीकअघि मानेका थिए । अनि येशूज्यू स्वयम्ले आउनुभएर नयाँ करारको निस्तार-चाडद्वारा मानव-जातिलाई अनन्त जीवन दिनुभयो । यी कुराहरूद्वारा निस्तार-चाडचाहिँ मानव-जातिले अनिवार्य सिक्नैपर्ने एक महत्त्वपूर्ण आज्ञा हो भन्ने कुरा हामीले जान्न सक्छौं ।
करिब १,६०० वर्षसम्म नमानिएको नयाँ करार निस्तार-चाडको विषयमा अहिले पिता आन साङ होङज्यूले हामीलाई पुनः सिकाइदिनुभयो, र स्वर्गीय माताको नेतृत्वमा विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र रूपले निस्तार-चाड मानिरहेका छन् । त्यसको कारण नै निस्तार-चाडमा परमेश्वरको सन्तान हुने आश्चर्यको आशिष् समावेश भएकोले हो ।
अब यदि तपाईंले परमेश्वरलाई यत्नपूर्वक खोज्नुभयो भने, र सर्वशक्तिमान्को निगाहको निम्ति बिन्ती गर्नुभयो भने, यदि तपाईं निर्दोष र सोझो हुनुहुन्छ भने, निश्चय नै तपाईंको पक्षमा उहाँ उठ्नुहुनेछ, र उहाँले तपाईंको घर पुनर्निर्माण गरिदिनुहुनेछ । तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ । “अघिका पुस्तालाई सोध्नुहोस्, अनि तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस् ।
अय्यूब ८:५-८
चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ? ... येशूले रोटी लिनुभयो, ... “लेओ, खाओ, यो मेरो शरीर हो ।” ... “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।
मत्ती २६:१७-२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति