गिदोन इस्राएलको कुलहरूमध्येको सबैभन्दा कमजोर कुल,
र तिनको पिताको घरानाका सबैभन्दा सानो व्यक्ति थिए ।
तैपनि परमेश्वरको वचनमा आज्ञाकारी भएकाले
तिनले ३०० जना सेनाहरूद्वारा १,३५,००० जना
मिद्यानीहरूलाई जित्न सकेका थिए ।
मोशा र यहोशूले पनि परमेश्वरको वचनमा आज्ञकारी भएकाले
अमालेकीहरू विरुद्धको लडाइँ जितेका थिए ।
त्यसै गरी अहिले पनि सबै कार्यको जितचाहिँ
परमेश्वरको सहयोगमा विश्वास गरेर
उहाँको वचनप्रतिको आज्ञाकारिताबाट आउँछ ।
“परमेश्वरले सानोलाई शक्तिशाली जाति बनाउनुहुन्छ” भनेर
गरिएको यशैया अगमवक्ताको अगमवाणीजस्तै, यो पृथ्वीमा
सबै थोक परमेश्वरको पूर्वनिर्धारित योजनाद्वारा पूरा हुन्छ भनी
महसुस गरी परमेश्वरको सानो वचनमा पनि
आज्ञाकारी हुनेहरूले आशिष् पाउनेछन् ।
गिदोनले उत्तर दिए, “ ... मेरो गोत्रलाई हेर्नुहोस्
त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ,
र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु ।”
परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु,
र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस् ।”
न्यायकर्ता ६:१५-१६
“तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले
सदाको निम्ति देशको अधिकार गर्नेछन् ।
मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा,
मेरो हातका काम हुन् । तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ,
र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ ।
म परमप्रभु हुँ । त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु ।”
यशैया ६०:२१-२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति