बाइबल कुनै काल्पनिक कथा होइन । योचाहिँ मानवजातिको भविष्य सुनिश्चित गर्नुहुने परमेश्वरको जीवनको वचन हो । दानिएललाई दिइएको बेबिलोन साम्राज्यपछि उदाउने र पतन हुने राज्यहरूसम्बन्धी अगमवाणीहरू, ३,५०० वर्षअघि अय्यूबलाई प्रकट गरिएको जलचक्रको वर्णन र पृथ्वी अन्तरिक्षमा झुण्डिएको विषय जस्ता वैज्ञानिक तथ्यहरूद्वारा पनि बाइबल निश्चय नै परमेश्वरको वचन हो भन्ने कुरा हामी जान्न सक्छौं ।
प्रेरित यूहन्नाले थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएका मुक्ति पाउने सन्तहरू देखे । हिजोआज, प्रेरित यूहन्नाले देखेका दर्शनजस्तै जीवनको पुस्तकमा नाउँ लेखिएका परमेश्वरको मण्डलीका सन्तहरूले, स्वर्गमा उपभोग गरिने अनन्त महिमाप्रति प्रेरित भएर अगमवाणीहरू पूरा गरिरहेका छन् ।
तर सर्वोच्चका पवित्र जनहरूले यो राज्य पाउनेछन् र सदासर्वदाको लागि अधिकार गर्नेछन्— हो, सदासर्वदाको लागि’ । दानिएल ७:१८
त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन् । प्रकाश २२:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति