येशूज्यूले २,००० वर्षअघि यस पृथ्वीमा आउनुभएर नयाँ करार निस्तार-चाड स्थापना गर्नुभएको मण्डली अनि प्रेरित पावल, पत्रुस, यूहन्नाजस्ता सुरुको मण्डलीका सन्तहरू गएको मण्डली नै ‘परमेश्वरको मण्डली’ हो । तर चौथो शताब्दीतिर, परमेश्वरका नियमहरू हटाइयो, अनि मण्डलीमा अन्यजातिका परम्पराहरू भित्रियो । मुक्तिको ज्योति हराएर धार्मिक अन्धकारको युग सुरु भयो ।
बाइबलको अगमवाणीअनुसार आन साङ होङज्यूले सन् १९६४मा कोरियामा परमेश्वरको मण्डली स्थापना गर्नुभयो, अनि बाइबलमा आधारित र अगमवक्ताहरूको जगमाथि निर्मित नयाँ करार निस्तार-चाडको सत्यताद्वारा मण्डलीलाई डोऱ्याउनुभयो । उहाँले “पत्रुसले येशूज्यूलाई पछ्याए, मचाहिँ मातालाई पछ्याउँछु” भन्नुहुँदै मानव-जातिको मुक्तिको निम्ति यस पृथ्वीमा आउनुभएकी माता परमेश्वरको विषयमा सन्तानहरूलाई गवाही दिनुभयो ।
कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुन बोलाइएकाहरू सबैलाई ... १ कोरिन्थी १:२
त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ । एफिसी २:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति