यदि हामी परमेश्वरको प्रतिज्ञा उल्लङ्घन गरेर पवित्रता र भक्तिबाट तर्क्यौं भने, इन्साफको पात्र बन्न पुग्नेछौं । नोआको समयमा, सदोम र गमोराको समयमा र अन्तिम युगमा, परमेश्वरले संसारको इन्साफ गर्नुहुँदा ती सबैको समय पछाडि एउटै कारण थियो । त्यो नै मानिसहरू परमेश्वरलाई त्यागेर विद्रोही, दुष्ट र व्यभिचारी भएकाले हो ।
वर्तमान समयमा नोआजस्तै हामीले अहिलेसम्म अदेख रहेका कुराहरूमा दृढ विश्वास गर्नुपर्छ । परमेश्वरले यो दुष्ट संसारलाई आगोद्वारा इन्साफ गर्नुहुनेछ भन्ने बाइबलको अगमवाणीमा विश्वास गर्दै, परमेश्वरको मण्डलीले विपत्तिबाट पार गराउने परमेश्वरको प्रतिज्ञा समावेश भएको नयाँ करार निस्तार-चाड प्रचार गर्छ ।
त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो । तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँचिराखिएका छन् । २ पत्रुस ३:६–७
… यो परमप्रभुको निस्तार-चाड हो । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । प्रस्थान १२:११–१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति