येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा मानव-जातिलाई
यो पृथ्वीको जीवन नै समाप्ति होइन भनेर जानकारी दिनुभयो ।
लाजरस यस पृथ्वीमा गरीब भए पनि स्वर्गको आशा लिएर यात्रीको रूपमा जियो,
अनि उसले अन्ततः खुशी पायो । अर्कोतर्फ, धनी मानिसले विलासी जीवन जिए तापनि
घुमन्ते जीवन जियो । उसले स्वर्गको तयारी गर्न नसकेर अन्ततः नरकको कष्ट भोग्यो ।
आन साङ होङज्यू र माता परमेश्वरले मानव-जातिलाई
“हामी यस पृथ्वीमा परदेशी र यात्रीहरू हौं” भनेका
अब्राहाम र मोशाजस्ता विश्वासका पुर्खाहरूको गवाही दिनुभयो ।
बाइबलका यी अभिलेखहरूद्वारा उहाँहरूले सबै मानव-जातिलाई
उनीहरूको साँचो घर स्वर्ग-राज्य हो भन्ने वास्तविकता बोध गराइदिनुभयो ।
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे,
तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए,
कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए ।
हिब्रू ११:१३
“तिमीहरूको हृदय व्याकुल नहोस् । तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ,
ममाथि पनि विश्वास गर । मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् ।
... तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु ?
... जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ ।”
यूहन्ना १४:१-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति