मोशाको समयमा परमेश्वरले निस्तार-चाड मानेका
इस्राएलीहरूलाई विपत्तिबाट बचाउनुभयो र निस्तार-चाड नमानेका
मिश्रीहरूका परिवारहरूलाई भने दण्ड दिनुभयो ।
यसले यो युगमा पनि विपत्तिबाट बाँच्ने र
अनन्त जीवन पाउन सक्ने तरिका
के हो भनी जानकारी गराउँदछ ।
मानव-जातिले परमेश्वरको देह र रगत ग्रहण गरेर
परमेश्वरको सन्तानको रूपमा छाप प्राप्त गर्ने दिन र
स्वर्गमा गरेको पाप क्षमा पाई अनन्त जीवन पाउने दिन नै
नयाँ करारको निस्तार-चाडको दिन हो ।
त्यसैले परमेश्वरले सारा संसारले निस्तार-चाड मानेर
मुक्ति पाऊन् भन्ने ठूलो इच्छा गर्नुभएर मानव-जातिलाई
दोस्रो महिनाको १४औँ दिनमा निस्तार-चाड मान्ने
अझ एक मौका दिनुभयो ।
“इस्राएलीहरूलाई यसो भन्:
‘... त्यसले परमप्रभुको निस्तार-चाड मानोस् ।
दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून् ।
तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन् ।
... त्यसले निस्तार-चाड मानेन भने त्यस्तो व्यक्ति
आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले
तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढाएन ।
त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्’ ।”
[गन्ती ९:१०-१३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति