येशूज्यू मानिसको स्वरूपमा आउनुभयो, उहाँले मानिसले खाने भोजन खानुभयो र मानिसजस्तै जीवन जिउनुभयो । त्यसैले असङ्ख्य मानिसहरूले उहाँलाई परमेश्वर भनी स्वीकार्न सकेनन् र उहाँलाई ग्रहण गरेनन् । त्यसैले बाइबलमा येशूज्यू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाट हो, तर स्वीकार नगर्ने आत्मा ख्रीष्ट विरोधीको आत्मा हो भनिएको छ ।
पवित्र आत्माको युगमा मानवजातिलाई मुक्ति दिन ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर आउनुभयो । मानवजातिले परमेश्वरले दिनुहुने मुक्तिको आशिष् पाउनको लागि सर्वप्रथम आफ्नो धारणा त्यागेर परमेश्वर मानिसको स्वरूपमा दोस्रो पल्ट आउनुहुनेछ भन्ने बाइबलको अगमवाणीमा विश्वास गर्नुपर्छ ।
सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ । किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ— मानिस, ख्रीष्ट येशू । १ तिमोथी २:४-५
यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, … १ यूहन्ना ४:२-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति