परमेश्वरमा विश्वास गर्नेहरूले उहाँको शिक्षाअनुसार छाप्रो-वासको चाड अनिवार्य मान्नुपर्छ । परमेश्वरले जकरिया अगमवक्ताद्वारा छाप्रो-वासको चाड मान्नेहरूलाई पवित्र आत्मा दिनुहुनेछ र नमान्नेहरूमाथि दण्ड ल्याउनुहुनेछ भनी भन्नुभएको छ ।
पहिलो आगमनको समयमा येशूज्यूले, अनि दोस्रो आगमनको समयमा पवित्र आत्मा र दुलहीले छाप्रो-वासको चाडमा पवित्र आत्मा दिनुहुन्छ । “पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ”, “यरूशलेमबाट जिउँदो पानी बग्नेछ” र “परमेश्वरको सिंहासनबाट जीवनको पानीको नदी बग्छ” भन्ने यी सबै बाइबलका अगमवाणीहरूले, यरूशलेम स्वर्गीय माताले मानवजातिलाई पवित्र आत्मा र जीवनमा डोऱ्याउने शिक्षाहरू दिनुहुनेछ भन्ने कुरा बुझाउँछ ।
अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो । अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, … जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए । यूहन्ना ७:२-३९
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति