पवित्र आत्माको युगमा स्त्री र स्त्रीका बाँकी सन्तानहरू अनि शैतान र त्यसका पक्षधरहरूबीच आत्मिक महायुद्ध हुनेछ भनेर परमेश्वरले बाइबलमा अगमवाणी गर्नुभएको छ । परमेश्वरले मुक्ति पाउनेहरू र मुक्ति नपाउनेहरूलाई छुट्ट्याउनुहुँदा हामीले चाहिँ स्त्री अर्थात् माता परमेश्वरको पक्षमा उभिएमा मात्र आत्मिक महायुद्धमा विजय हासिल गरेर मुक्तिको आशिष् पाउन सक्छौं ।
आन साङ होङ परमेश्वरले पृथ्वीको पारिवारिक प्रणाली र हव्वाको सृष्टि प्रक्रियाद्वारा माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा स्पष्टसित जानकारी दिनुभयो । स्त्रीका बाँकी सन्तान, परमेश्वरको मण्डलीका सन्तहरूले संसारलाई यरूशलेम माताको महिमा सुनाउनुपर्छ ।
तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् । अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो । समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, ... प्रकाश १२:१७-१३:१
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम ! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ । यशैया ६२:६-७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति