यहूदा इस्करियोत येशूज्यूको चेला नै भए तापनि उसको मन स्वर्ग-राज्यमा भन्दा भौतिक धन-सम्पत्तिमा केन्द्रत थियो । उसले आफूलाई जिम्मा दिइएको पैसा चलायो, र येशूज्यूको दफनको लागि महँगो अत्तर प्रयोग गरेकी मरियमलाई हप्कायो । छायाको रूपमा देखाइएको दाऊद र अहीतोपलको इतिहासजस्तै यहूदाले येशूज्यूलाई चाँदीका तीस सिक्कामा बेच्यो र अन्ततः आफैले झुण्डिएर आफ्नै मृत्युको अगमवाणी पूरा गऱ्यो ।
यहूदा इस्करियोत आफूलाई जिम्मा दिइएको पैसाको थैलोको कारण प्रलोभनमा परेजस्तै, हामी पनि शैतानले हाम्रो नजिकको कुराबाट ल्याउने प्रलोभनदेखि सावधान रहनुपर्छ र हामीले सधैँ अनुग्रमय बोली र व्यवहारद्वारा विश्वासको जीवन जिउनुपर्छ । आन साङ होङज्यू र माता परमेश्वरले डोऱ्याउनुभएको स्वर्गतर्फको बाटोमा अनुग्रहमय रूपले हिँड्ने मानिसहरूले स्वर्गमा पनि परमेश्वरलाई महिमा दिनेछन् र अनन्त महिमा उपभोग गर्नेछन् ।
किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं । किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो । पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन् । १ तिमोथी ६:७-१०
उहाँले तिनीहरूलाई भन्नुभयो, “बाह्रैमध्ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ । किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिएबमोजिम हुन्छ, तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ । त्यस मान्छेको त जन्मै नभएको भए असल हुनेथियो ।” मर्कूस १४:२०-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति