परमेश्वरले गोठालोको लहुरोलाई लाल समुद्र दुई भाग गर्न र चट्टानबाट पानीका मूलहरू बग्ने गराउन प्रयोग गर्नुभएजस्तै, परमेश्वरको हातद्वारा थामिएको जुनसुकै कुराले पनि सधैँ ठूलो शक्ति प्रयोग गर्छ ।
वर्तमान समयमा सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्ने मिसन पाएको परमेश्वरको मण्डलीले व्यक्तिगत प्रयत्नद्वारा होइन, तर परमेश्वरको शक्तिद्वारा विश्वव्यापी सुसमाचार पूरा गरिरहेको छ ।
गधाको बङ्गारोद्वारा हजारौँ पलिश्तीहरूलाई पराजित गरेका शिमशोनले जस्तै, गोल्यतविरुद्ध लडेका कलिला ठिटा दाऊदले जस्तै, अनि मछुवा रहेका पत्रुस, यूहन्ना र याकूबले जस्तै, वर्तमान युगमा आन साङ होङज्यू र स्वर्गीय मातालाई विश्वास गर्दै स्वर्गको आशा लिनेहरूले महान् इतिहास रच्दैछन् ।
किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ, तिमीहरू कस्ता थियौ ? सो विचार गर । सांसारिक स्तरअनुसार तिमीहरूमध्ये धेरै जना बुद्धिमान्, धेरै जना शक्तिशाली र धेरै जना खानदानी थिएनौ । तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो ...। यसैले कुनै प्राणीले परमेश्वरको सामुन्ने अहङ्कार नगरोस् । १ कोरिन्थी १:२६-२९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति