परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति बाइबल दिनुभएर नयाँ करारको व्यवस्था स्थापना गरिदिनुभयो । सोलोमनले मातृ-प्रेमको प्रवृत्तिद्वारा बालककी साँचो आमा को हुन् भनेर छुट्ट्याएजस्तै, वर्तमान युगमा परमेश्वरले आज्ञा गर्नुभएको नयाँ करार पालन गर्नेहरूलाई चुनिएका सन्तानको रूपमा चिन्नुभएर मुक्तिको आशिष् दिनुहुन्छ ।
वर्तमान समयमा परमेश्वरको मण्डलीले ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माताको निर्देशनलाई पछ्याउँछ । उहाँहरूले शबाथ-दिन, निस्तार-चाडजस्ता हराएको नयाँ करार पुनर्स्थापन गरिदिनुभयो, अनि विश्वासको उद्देश्य आत्माको मुक्तिको निम्ति आवश्यक पर्ने सबै शिक्षाहरू दिनुभयो । त्यसैले परमेश्वरको मण्डलीमा मात्र मुक्तिको प्रतिज्ञा छ ।
परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ । तिनीहरूले परमप्रभुको व्यवस्थालाई अस्वीकार गरेका हुनाले, र उहाँका विधिहरू पालन नगरेकाले, र तिनीहरूका पिता-पुर्खाहरूले पछ्याएका झूटा देवताहरूद्वारा तिनीहरू भ्रममा परेका हुनाले, ...” आमोस २:४
तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ । उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ । तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ । १ पत्रुस १:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति