नोआले जहाज निर्माण गर्ने क्रममा लामो समयसम्म एकलोपनको सामना गर्नुपरे तापनि परमेश्वरले आशिष् दिनुहुनेछ भनी विश्वास गरे । मोशाले मिश्रको राजकुमारको रूपमा महिमा उपभोग गर्नुभन्दा बरु परमेश्वरका प्रजासँगै कष्ट भोग्न चाहे । धेरै कठिनाइहरू भोग्नुपरे पनि मानिसहरूलाई स्वर्ग-राज्य पाउने मौका दिएको कुरामा प्रेरित पावल एकदमै खुशी भए । त्यसै गरी, परमेश्वरको मण्डलीका सन्तहरू पनि आ-आफ्नो क्रूस बोकेर खुशीसाथ विश्वासको बाटो हिँड्छन् ।
स्वर्गीय माताले “हामीसँग स्वर्गको आशा छ” भन्नुहुँदै हामीलाई याद दिलाउनुहुन्छ । तसर्थ अग्रपङ्क्तिमा रहेर काम गर्ने सन्तहरू होस् वा पादरी कर्मचारी, सबैले आ-आफ्नो क्रूस बोक्ने क्रममा आँखाअगिका कठिनाइहरू पार गर्दै स्वर्ग-राज्यको आशिष्लाई हेर्नुपर्छ ।
मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने । किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए । हिब्रू ११:२६
किनकि पापमय स्वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ । किनभने सबै, जो परमेश्वरका आत्माले डोऱ्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन् । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। रोमी ८:१३-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति