स्वर्गको राज्यमा प्रवेश गर्ने योग्यताचाहिँ परमेश्वरको इच्छा पालन गर्ने मानिसले मात्र पाउँछ । बाइबलचाहिँ पवित्र आत्माको प्रेरणा पाएर परमेश्वरको इच्छा अभिलेख गर्ने अगमवक्ताहरूद्वारा लेखिएको मानवजातिको निम्ति परमेश्वरको मुक्तिको सन्देश हो । त्यसैकारण परमेश्वरले वचनमा थपघट नगर्नू भनेर आज्ञा गर्नुभयो ।
बाइबलमा परमेश्वरलाई एकवचन होइन, बहुवचनमा लगभग २,५०० पटक अभिव्यक्त गरिएको छ । परमेश्वरको इच्छाअनुसार सृष्टि गरिएको वनस्पति र जनावरहरूको संसारमा आमा अस्तित्वमा भएजस्तै, स्वर्ग-राज्यमा पनि अनन्त जीवन दिनुहुने माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ, अनि हाम्रो आत्मिक स्वर्गीय परिवार पनि अस्तित्वमा छ भन्ने कुरा बाइबलले गवाही दिएको छ ।
“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ । अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” २ कोरिन्थी ६:१७-१८
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । गलाती ४:२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति