आदम र हव्वाले “असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ
नखानू” भन्ने परमेश्वरको व्यवस्थालाई बिर्सेपछि पाप गरे । त्यसै गरी,
परमेश्वरको व्यवस्थालाई बिर्संदैपिच्छे हामीले पनि पाप गर्दै विपत्ति
भोग्न पुग्नेछौं । वर्तमान युगमा पनि संसारले परमेश्वरको व्यवस्था
रहेको नयाँ करारको निस्तार-चाड, शबाथ-दिन र चाडहरूलाई बिर्संदै ती
नमानेकाले अन्तिम विपत्ति आइपर्नेछ भन्ने वचन परमेश्वरले दिनुभएको छ ।
मानव-जातिचाहिँ स्वर्गमा पाप गरेर यस पृथ्वीमा धपाइएका आत्माहरू
(स्वर्गदूतहरू) हुन् । यस पृथ्वीमा जिउने क्रममा परमेश्वरको वचन
पालन गरियो भने मात्र तिनीहरू स्वर्ग फर्कन सक्छन् । हिजकिया राजाले
परमेश्वरको वचनअनुसार व्यवस्था(निस्तार-चाड)लाई पालन गरेर
आशिष् पाएजस्तै, परमेश्वरको मण्डलीले परमेश्वरको व्यवस्था रहेको
नयाँ करार मान्दै परमेश्वरको इच्छालाई पालन गरिरहेको छ ।
“सावधान बस ! मैले तिमीहरूलाई आज दिएका
उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर
परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल ।”
व्यवस्था ८:११
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्,
‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा ... अनेक शक्तिशाली काम
गरेनौं र ?’ ... ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ ।
ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ ।”
मत्ती ७:२१-२३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति