परमेश्वरले स्वर्गमा नागरिकता भएका मानिसहरूलाई शबाथ-दिन, निस्तार-चाड र तीन चरणका सात वटा चाडहरूलाई मूल्यवान् ठान्ने मनद्वारा पालन गर्न सक्ने गरी सृष्टि गर्नुभयो । तसर्थ ओठले मात्र परमेश्वरलाई पुकार्ने तर परमेश्वरको व्यवस्थाको सट्टा सूर्यदेवताको व्यवस्था मान्ने सबैलाई परमेश्वरले “मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ” भन्दै तिनीहरूको पापबारे चेताउनी दिनुहुन्छ ।
सारा संसार परिवर्तन भए पनि, कहिल्यै परिवर्तन नहुने एउटा कुरा नै परमेश्वरको व्यवस्था हो । २,००० वर्षअघि येशूज्यूले निस्तार-चाड मान्नुभयो, र पवित्र आत्माको युगमा ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले पनि निस्तार-चाड मान्नुभयो । तसर्थ उहाँहरूको उदाहरण पछ्याएर निस्तार-चाड मान्नु नै परमेश्वरमा केन्द्रित रहने सही विश्वास हो ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ ।’ मत्ती ७:२१-२३
तर जो मान्छे शुद्ध छ, र यात्रामा पनि छैन, त्यसले निस्तार-चाड़ मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढ़ाएन । त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस् । गन्ती ९:१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति