फारसका राजा कोरेसले बाइबलमा आफ्नो विषयको अगमवाणी पत्ता लगाएर त्यसबाट एकदमै प्रेरित भई इस्राएलीहरूलाई कैदबाट छुटकारा गराए, अनि यरूशलेममा मन्दिर निर्माण गर्न लगाए । त्योजस्तै, आज हामीले पनि बाइबलमा अभिलेख गरिएका अगमवाणीहरूलाई विश्वास गर्नुपर्छ । हामीले पनि कोरेसले जस्तै हर्षका साथ, परमेश्वरले आज्ञा गर्नुभएको सुसमाचार सारा हृदय र सारा प्राणले प्रचार गर्नुपर्छ ।
येशूज्यूले दश सिक्काको दृष्टान्तद्वारा दिनुभएको शिक्षाजस्तै, उहाँले परमेश्वरको वचनको भय मान्नेहरूका निम्ति मृत्यु, शोक, आँसु वा पीडा नभएको स्वर्गमा सदासर्वदा परमेश्वरसँगै अनन्त महिमा उपभोग गर्न दिने प्रतिज्ञा गर्नुभएको छ ।
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए । समुद्र त अब छँदैथिएन । ... उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।” प्रकाश २१:१-४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति