जस्तो लेखिएको छ, “ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,” अनि येशूज्यूले भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने ऊ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।” ती वचनहरूजस्तै, स्वर्ग-राज्यको महिमाको लागि जिउने सबैको जीवनमा छोटो समयको लागि कष्ट आउनेछ ।
एसाव र यहूदा इस्करियोत, पापको सुखको पछि लाग्दै शरीरअनुसार जिए, अनि अन्ततः स्वर्गको आशिष् गुमाउन पुगे । यद्यपि मोशा, याकूब, दानिएल र तिनका तीन जना साथीहरूले स्वर्गको सुखलाई अझ मूल्यवान् ठान्दै कठिनाइलाई जिते । त्यसै गरी, परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको स्वर्गको सुखमा आशा राख्दै, उहाँले आज्ञा गर्नुभएबमोजिम नयाँ करारको शबाथ-दिन र निस्तार-चाडको आशिष्बारे प्रचार गर्नमा आफैँलाई समर्पित गर्छन् ।
जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे । पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे । मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने । किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए । हिब्रू ११:२४-२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति