परमेश्वरप्रतिको हाम्रो विश्वास कति दह्रो छ भन्ने कुरामा सुसमाचारको सफलता वा असफलता निर्भर हुन्छ । परमेश्वरले गिदोन र यहोशूको समयका युद्धहरूमा देखाइदिनुभएजस्तै, वातावरण र परिस्थितिले विश्वासमा ढलपल हुने मानिसहरूलाई परमेश्वरको सेनाबाट बहिष्कार गरिन्छ, अनि परमेश्वरप्रति दृढ विश्वास लिएका मानिसहरूलाई मात्र विजयको इतिहास लेख्न प्रयोग गरिन्छ ।
परमेश्वरले प्रत्येक युगलाई मानिसले कल्पनासमेत नगरेको बाटोमा डोऱ्याउनुभएको छ । वर्तमान पवित्र आत्माको युगमा पनि हामीले ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको “संसारलाई बचाओ” भन्ने वचनलाई पूर्ण रूपले विश्वास गरेमा स्वर्गीय सेनाको सुसमाचार पूरा गर्न सक्नेछौं ।
ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ । सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ । २ तिमोथी २:३-४
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” मत्ती २८:१८-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति