बाइबलका ६६ वटा पुस्तकहरूमा मुक्तिदाताकहाँ आउने मार्ग अनि सत्य र झूटलाई छुट्ट्याउने बुद्धि समावेश भएकोले बाइबलको वचनमा थपघट नगर्नू, तर परमेश्वरको वचनलाई मात्र पछ्याउनू भनेर परमेश्वरले चेताउनी दिनुभएको छ । २,००० वर्षअघि येशूज्यू एकलैले “जीवनको पानी लिन मकहाँ आओ” भन्नुभयो, तर वर्तमान समयमा उहाँले जीवनको पानी लिन र अनन्त जीवन पाउन पवित्र आत्मा र दुलहीकहाँ आउनुपर्छ भनेर हामीलाई सिकाउनुभएको छ ।
परमेश्वरले आफ्ना सन्तानहरूलाई जिउँदो पानीको मूलमा डोऱ्याउनुहुन्छ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे, अनि बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका पवित्र आत्मा आन साङ होङज्यूले मानव-जातिलाई पवित्र आत्माकी दुलही र जीवनको पानीको स्रोत हुनुभएकी स्वर्गीय यरूशलेम माताकहाँ डोऱ्याउनुभयो ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रकाश २२:१७
परमप्रभु यसो भन्नुहुन्छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु । ... किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोऱ्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ । यशैया ४९:८-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति