इस्राएलीहरूको प्रस्थानको समयमा पूरै मिश्रमा विपत्तिहरू झऱ्यो, तर इस्राएलीहरूमाथि कुनै विपत्ति झरेन । यो नै परमेश्वरको करार भएको ठाउँ र करार नभएको ठाउँबीचको भिन्नता थियो । परमेश्वरले उहाँको आज्ञा अर्थात् नयाँ करार निस्तार-चाड, जहाँ पालन गरिन्छ, त्यहाँ उहाँका प्रजाले भित्र आउँदा र बाहिर जाँदा आशिष् पाउनेछन्, र पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याइनेछन् भनेर महान् प्रतिज्ञा गर्नुभएको छ ।
संसारले परमेश्वरको शबाथ-दिन, निस्तार-चाड लगायतका नयाँ करार नमानेकाले यस पृथ्वीमा आगोको ठूलो विपत्ति आइपर्नेछ भनेर यशैया, सपन्याह र पत्रुस लगायतका अगमवक्ताहरूले गवाही दिएका छन् । परमेश्वरको करार पालन गरेमा मात्र मानवजातिले पिता आन साङ होङज्यू र माता परमेश्वरका सन्तान भएर सबै विपत्तिहरूबाट परमेश्वरको सुरक्षा प्राप्त गर्न सक्छन् भनेर बाइबलले गवाही दिएको छ ।
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ । परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्: ... भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ । व्यवस्था २८:१-६
“जब तैंले यस जातिलाई यी सबै कुरा भन्छस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्तो ठूलो विपत्ति आओस् भनी खटाउनुभएको छ ? हामीले के भूल गरेका छौं ? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र’ ?” तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्यागेर ... मेरो व्यवस्था पालन गरेनन्’ ।” यर्मिया १६:१०-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति